जेम गाउँ शोकमा

जेम गाउँ शोकमा
बेनी, २४ माघ । म्याग्दीको मालिका गाउँपालिका–२ को जेम गाउँ शोकमा डुबेको छ । जन्ति हिडेका तीन जनाको ट्याक्टर दुर्घटनामा मृत्यु भएपछि जेममा सन्नता छाएको हो ।

बागलुङको तमानखोला बोङ्गादोभान जादै गरेको ग १ त ५७६२ नम्बरको ट्याक्टर बुलबुले भन्ने ठाउँमा बिहीबार साँझ दुर्घटना हुँदा जेमका तीन जनाको मृत्यु भएको थियो ।

जिल्ला प्रहरी कार्यालय बागलुङका अनुसार दुर्घटनामा मालिका गाउँपालिका २ का २१ बर्षिया रिता पुन, ५२ बर्षीया मनकुमारी पुन र ५७ बर्षीया ओमप्रकाश पुनको मृत्यु भएको थियो । रिता रुम इङलिस बोडीङ स्कुलकी शिक्षक थिइन् । हालै मात्र शिक्षण पेशा सुरु गरेकी उनको असल शिक्षक बन्ने उद्देश्य थियो ।

मालिका–२ का बर्ष ४८ का मनप्रसाद पुन, बर्ष २९ को चालक रमेश घर्ति, बर्ष ४२ का खगेन्द्र पुन र बर्ष ४३ कि गौमाया पुनको बुटवलमा उपचार भइरहेको छ । जेमका प्रताप पुनको माइती भेट्नका लागि जाने क्रममा बाटोमा भेटिएको ट्याक्टर चढेका थिए ।

जेमको देउराली आधारभूत विद्यालयका प्रअ पोष्टबहादुर विश्वकर्माले मृतक र घाइतेहरु प्रतापका आफन्त भएका बताउनुभयो । ‘गाउँबाट सबै हिडेर गएका थिए,’ दुर्घटनाका घाइतेलाई उदृद्ध गर्दै विकले भने ‘बाटोमा रित्तो ट्याक्टर भेटिएपछि चढेका रहेछन् । घुम्तिबाट खसेर दुर्घटना भएछ् ।’

मगर समुदायमा बिवाह गरेर छोराछोरी जन्मिएपछि काशेली लिएर दाजुभाई र आफन्त सहित माइतीलाई भेट्न जाने चलन छ । दुर्घटना भएको ट्याक्टर सडकबाट करिब ५० मिटर तल खसेको थियो ।

खच्चरका लागि दाना लिन ट्याक्टर बोङगादोभानतर्फ जादै थियो । सो ट्याक्टर जेमकै उमेश पुनको हो ।

बुर्तिवाङ प्राथमिक स्वास्थ्य केन्द्रमा शव परिक्षण गरि गाउँमा ल्याएर शुक्रबार दाहसंस्कार गरिएको छ । साघुरो र कच्चि सडक, घुम्ति नमिलेका कारण ट्याक्टर दुर्घटना भएको प्रहरीले जनाएको छ । चालकलाई प्रहरीले अनुसन्धानका लागि नियन्त्रामा लिएको छ ।

Leave a Reply

Scroll to Top
%d bloggers like this: