मंगलामा राष्ट्रपति रनिङ्ग शिल्डमा आधारभूत विद्यालयलाई पनि सहभागि गराइने

बाबियाचौर, २४ माघ । मंगला गाउँपालिकाको मूल आयोजनामा फागुन १ देखि ३ गतेसम्म बाबियाचौरमा सञ्चालन हुन लागेको राष्ट्रपति रनिङ शिल्ड खेलकुद प्रतियोगितामा आधारभूत विद्यालयलाई पनि सहभागि गराइने भएको छ ।

गाउँकार्यपालिकाको बैठकले तल्लो तहका खेल प्रतिभालाई पनि समेट्न र अवसर दिन आधारभूत विद्यालय (६–८) सम्मको पठनपाठन हुने इच्छुक विद्यालयलाई पनि सहभागि गराउने निर्णय गरेको हो । माध्यमिक विद्यालय भने अनिवार्य सहभागि हुनेछन् ।

प्रतियोगिता सञ्चालनका लागि गाउँपालिकाका अध्यक्ष सतप्रसाद रोकाको अध्यक्षतामा मुल समिति र सिजन रोकाको संयोजकत्वमा कार्यसम्पादन उपसमिति गठन भएको प्रमुख प्रशासकीय अधिकृत कृष्णप्रसाद गौतमले बताउनुभयो ।

प्रथम, दितीय र तितृय हुने विद्यालयलाई पुरस्कार राशी भने अर्को बैठकले निर्णय गर्ने कार्यसम्पादन उपसमितिका संयोजक रोकाले बताउनुभयो । भलिबल र कवड्््डी बाबियाचौरको मंगला मावि तथा एथलेटिक्सतर्फका खेल सहश्रधाराको मालिका जनहित बोडिङमा सञ्चालन गरिने भएको छ ।

Leave a Reply

Scroll to Top
%d bloggers like this: