मोहम्मद डेका अवसरमा बेनीमा ¥याली

बेनी, २४ कात्तिक । म्याग्दीका मुस्लिम समुदायले आइतबार इस्लाम धर्मका प्रवर्तक हजरत मोहम्मद पैगम्बर सल्लाह अलैवसल्लामको जन्मजयन्ती मनाएका छन् ।

मोहम्मदको १४९४ औ जन्म जन्मदिनको अवसर पारेर म्याग्दी मुस्लिम सेवा समाज समितिले बेनीमा झाँकी सहितको ¥यालीको आयोजना गरेका थिए । जिल्ला प्रशासन कार्यालय अगाडीको चोकबाट सुरु भएको ¥याली न्युरोड, क्याम्पसचोक, गणेशटोल, बालमन्दिर चोक हुदै पुन सोही ठाउँमा पुगेर समापन भएको थियो ।

बेनी, पर्वत बेनी, दरवाङ लगायत क्षेत्रमा बसोबास गर्ने मुस्लिम समुदाय जातीय पोशाक सहित प्लेकार्ड र ब्यानर बोकेर ¥यालीमा सहभागि भएका थिए । इस्लामी पात्रो हिजरी सम्वतको रब्बीअव्वल महिनामा साउदी अरवको मक्कामा बिबि आमिनाको कोखबाट हजरत मोहम्मदको जन्म भएको दिनको सम्झनामा जन्म जयन्ती मनाउने गरिन्छ ।

उनको निधन ६३ वर्षको उमेरमा साउदीकै मदिनामा भएको थियो । मोहम्मदको जन्मदिनमा विभिन्न नाअत शरिफ वाचनन गर्ने उनका उपदेश र वाणीको स्मरण गर्ने गरिएको मुस्लिम सेवा समाज म्याग्दीका अध्यक्ष रहमद खानले बताउनुभयो ।

मोहम्मदको जन्मजयन्तीको अवसर पारेर मुस्लिम सेवा समाज समितिले शनिबार बेनी अस्पतालमा उपचार गराइरहेका बिरामीहरुलाई फलफुल वितरण गरेका थिए । १८ जना बिरामीलाई फलफुल वितरण गरिएको म्याग्दी मुस्लीम सेवा समाज समितिका अञ्जित खानले बताउनुभयो ।

करिब एक सय वर्षअघि म्याग्दीमा बसाइ सराई गरेर मुस्लिम समुदाय आएका थिए । करिब एक सय परिवार मुस्लिम समुदायको म्याग्दीमा बसोबास छ । उनिहरु ब्यापार व्यवसाय गर्दै आएका छन् ।

Leave a Reply

Scroll to Top
%d bloggers like this: