विद्यालयमा सेनेटरी प्याड सहयोग

बेनी, २४ कात्तिक । मंगला गाउँपालिका–२ बाबियाचौरको मंगला माविलाई एक व्यवसायीले निशूल्क सेनेटरी प्याड उपलब्ध गराउनुभएको छ ।

बेनीको गणेशटोलमा रहेको सुसन इम्पोरियमका सञ्चालक सुवर्ण रिजालले १५० थान सनेटरी प्याड उपलब्ध गराउनुभएको हो । महिनावारीको समयमा पनि छात्राहरु नियमित विद्यालय आएर पढ्ने वातावरण बनोस भन्ने उद्देश्यले सहयोग गरेको रिजालले बताउनुभयो ।

विद्यालय व्यवस्थापन समितिका अध्यक्ष नारायणबहादुर अधिकारी र प्रअ गमबहादुर खत्री मार्फत शिक्षिकालाई प्याड उपलब्ध गराउनुभएको थियो । विद्यालयमा महिनावारी भएको अवस्थामा शिक्षिकालाई मागेर छात्राहरुले प्याड प्रयोग गर्न सक्ने व्यवस्था मिलाइएको छ ।

बेनीको प्रकाश माविलाई पनि सेनेटरी प्याड उपलब्ध गराउने रिजालले बताउनुभयो । महिनावारीको समयमा छात्राहरु विद्यालय नआउने समस्या समाधानका लागि सरकारले यस वर्षदेखि विद्यालयमा निशूल्क सेनेटरी प्याड उपलब्ध गराउने कार्यक्रम बनाएको छ ।

 

Leave a Reply

Scroll to Top
%d bloggers like this: