मनाइयो तेस्रो राष्ट्रिय झण्डा दिवस

पौष १ । तेस्रो राष्ट्रिय झण्डा दिवस विभिन्न कार्यक्रमको आयोजना गरी आज मनाइएको छ । सोही अवसरमा राष्ट्रिय धरोहर संरक्षण प्रतिष्ठान नेपालले माइतीघर मण्डलामा बुधबार एक कार्यक्रमको आयोजना गरेको थियो।

पछिल्लो समय राष्ट्रिय झण्डाको प्रयोग विभिन्न नारा, जुलुसमा भइरहेको भन्दै झण्डालाई राष्ट्रिय पहिचानको रुपमा मात्रै प्रयोग गर्नुपर्ने प्रतिष्ठानका संस्थापक अध्यक्ष राजानन्द माण्डव्यले बताउनुभयो ।

राष्ट्रिय झण्डाको महत्व नै नबुझेर प्रयोग गरिनु ठिक नभएको पनि उहाँले बताउनुभयो । ‘राष्ट्र, राष्ट्रियता, स्वाधिनता, अन्तर्राष्ट्रिय पहिचान’ भन्ने मूल नार सहति दिवस मनाइएको हो ।

२०१९ पुष एक गतेको दिन नेपालको राष्ट्रिय झण्डालाई संयुक्त राष्ट्र संघमा अंगिकृत गरिएको थियो । सोही दिनको सम्झनामा प्रतिष्ठानले २०७५ पुष १ गते देखि दिवसको रुपमा मनाउँदै आएको छ ।

Leave a Reply

Scroll to Top
%d bloggers like this: