दीप प्रज्वलन गरी राजा महेन्द्रको सम्झना

गैँडाकोट : आज पुस १ गते । राष्ट्रिय सरोकार मञ्च नेपालले आज गैँडाकोटको काँग्रेस चोकमा दीप प्रज्वलन गरी स्वर्गिय राजा महेन्द्रको १०० औँ जन्मोत्सवको सम्झना गरेको संयोजक सन्तोष अधिकारीले जानकारी दिनुभयो ।

सदाका बर्षमा जस्तै गरी यो बर्षपनि कार्यक्रम गरी महेन्द्रको सम्झाना गरिएको उहाँले बताउनुभयो ।

कार्यक्रममा गोवर्धन अधिकारी, जीवलाल कडेँल, शालिकराम खरेल, शाही शक्ति नेपाल चितवनका संयोजक विपिन तण्डुलकार, राष्ट्रवादी चितवन समाजका मूल संयोजक सलाहुदिन मिया, राष्ट्रवादी समाज नारायणगढ चितवनका राजु शाहा, देवराज तिमिल्सेना,, भानु तिमिल्सेना, मदन भण्डारी लगायतको कार्यक्रममा उपस्थिती रहेको थियो ।

Leave a Reply

Scroll to Top
%d bloggers like this: