अम्व्रेला स्ट्रिट पर्यटनको नयाँ भर्जिन, सेल्फि खिच्नेको भीड

चितवन, पुष २ । देशकै तेस्रो पर्यटकीय नगरी रहेको चितवनमा पर्यापर्टनमा मात्रै नभई कृत्रिम रुपमा बनाइएका ठाउँहरुमा पनि आन्तरिक पर्यटकको घुँइचो लाग्न थालेको छ । भरतपुर महानगरपालिका वडानम्वर २२ मा रहेको अम्ब्रेला स्ट्रिटमा रमाउनेहरु थेगिनसक्नु छन् ।
तिलमाया बर्तोला राप्ती २ चितवन बाट आउनुभएको छ । परिवार सहित आउनुभएको उहाँ अम्ब्रेला स्टिट्र घुमेर खाजा खाँदै छिन् । उहाँ जस्तै कोहि परिवारको साथमा त कोही साथीहरुसँग मिलेर भरतपुर २२ पटिहानीमा रहेको यो अम्ब्रेला स्ट्रिट घुम्नेहरुको यसैगरी घुँइचो लाग्ने गरेको छ ।
त्यसो त पटिहानी पर्यटनको भर्जिन क्षेत्र हो । नजिकै कलकल बगेकी राप्ती, केही दुरमै चितवन राष्ट्रिय निकुञ्ज अनि पहेँलपुर तोरीको फूल । बाहिरी वातावरण नै यसै त रमणीय छ नै अझ भित्रको बनावटले घुम्नेहरुको मन लोभिहाल्छ । मंललपुरकी लक्ष्मी भुजेलको मुखमा मास्क छैन । कोरोनासँग डर लागेन भन्दै साथीहरुसँग मिलेर घुम्न आएको बतानुभयो ।
बारा जिल्ला देखी आएर भर्खरै भित्र प्रवेश गर्नुभएकी उर्मिला श्रेष्ठले पनि आनन्द लिइरहनुभएको छ । छोरी ज्वाईको साथमा आउनुभएको उहाँ अम्व्रेला स्ट्रिट धेरै रमाइलो लागेको जानकारी दिनुभयो ।
बालवालिका र युवा युवतीको विशेष रोजाइमा परेको यो ठाउँको उद्घाटन गतवर्षको फागुनमा गरियो । तर केही हप्ता चलेर कोरोनाकै कारण ठप्प हुन पुग्यो । पुन यही कार्तिक १४ गतेदेखि खुलेको यहाँ पर्यटकहरुलाई धान्न धौधौ परेको छ । घुम्नका लागि सीमित ठाउँ भयो भन्दै उनीहरु गुनासो पनि गर्छन् । राप्तीबाट घुम्न आएकी इन्दिरा वर्तौला पर्यटक रमाउने थप आकर्षक ठाउँहरुको विकास गर्नुपर्ने बताउँदै निकुञ्ज सफारी पनि खुल्ला भए धेरै राम्रो हुने बताउनुहुन्छ ।
संरक्षणकर्मी एमव स्थानीय युवा अपिल घिमिरे पटिहानी पर्यटनको स्म्भावित क्षेत्र भएको बताउनुभयो । पूर्वमा सितामाइ र पश्चिममा जगतपुर रहेकाले पनि यसको महत्व अझ धेरै रहेको उनको भनाई छ । साथै प्रकृतिका विषयगत अध्ययनका लागि समेत पटिहानीको अझ बढि महत्व रहेको बताउँदै गुणस्तरीय पर्यटक भित्राउन संरक्षणमा ध्यान दिनुपर्नेमा जोड छ ।
अम्ब्रेला स्टिट व्यवस्थापन समितिका अध्यक्ष निलकण्ठ तिवारीले विदाको समय ३ हजार ५ सय सम्म दैनिक र अन्य समय ६ सम्म पर्यटक आउने गरेको बताउनुभयो । प्रवेश शुल्क २० रुपैया तोकिएको यो ठाउँ घुम्नका लागि थोरै भएको गुनासो आएपछि अहिले २ करोडको बजेट माग गरिएको छ । ंपश्चिमतर्फ रेहेको ३ कठ्ठा जमिनमा डिपिआर तयार पारेको र ७० देखि ८० फिट अग्लो भ्यु टावर बनाउने योजना रहेको जानकारी दिनुभयो । जसले निकुञ्जका वन्यजतु हेर्न सकिने छ भने पटिहानी फाँट सहित प्राकृतिक सुन्दरताको दृश्यावलोकन गर्न सकिनेछ ।
कोरोना र लकडाउनले आत्तिएका मानिसहरु छोटो र कम खर्चमा घुम्ने सकिने ठाउँको खोजीमा छन् । त्यसैले पनि आन्तरिक पर्यटक बढाउनुको विकल्प नभएको अहिलेको समय सरकारलाई सिफारिस गरिएको हप्ताको २ दिने विदा अझ प्रभावकारी देखिन्छ । अन्य समय ६ सय सम्म आउने पर्यटक शनिवार ३५ सय सम्म पुग्नुले नै विदाको महत्व दर्साउँछ जसले पर्यटकीय क्षेत्रलाई माथि पुर्याृउने छ ।

Leave a Reply

Scroll to Top
%d bloggers like this: