धाँजा फाटेपछि पोखरामा चार घर विस्थापित

मंसिर ३० । धाँजा फाटेपछि पोखरामा चार घर विस्थापित भएका छन् । पोखरा–१५ अमलताराकी सुनिता परियारको घर नै चर्किन पुगेको छ । सुनिताको घरमा यसअघि सानो चिरा परेको थियो। ब्लकले बनाएको सामान्य घरमा यसअघि प्लास्टर चर्किएको जस्तो मात्र देखिएको तर अहिले ठूलै धाँजा गएको छ ।
विस्थापित भएका अरू तीन घर परिवार बजारमा भाडा लिएर बसाइँ सरेका छन्।
पोखरा महानगरले सेती नदी किनारबाट ३० मिटरभित्र घरलगायत भौतिक संरचना बनाउन नपाउने मापदण्ड बनाएको छ। यसअघि उक्त मापदण्ड ५० मिटर थियो।
यता भू–गर्भविदहरूले भने सेती नदी किनारबाट कम्तीमा सय मिटर वरिपरि घर बनाउन नहुने सुझाव २२ वर्षअघि नै दिएका थिए। खानी तथा भू(गर्भ विभाग र जर्मन भू–गर्भविदहरूको टोलीले सन् १९९८ मा गरेको ‘इञ्जिनियरिङ एण्ड इन्भाइरोंमेन्टल जियोलोजिकल म्याप अफ पोखरा’ नामक अध्ययनले पोखरालाई भूकम्पको उच्च जोखिमयुक्त क्षेत्र भनेको छ ।

Leave a Reply

Scroll to Top
%d bloggers like this: