थप आर्थिक सहयोगको अपेक्षामा गौतमबुद्ध अन्तराष्ट्रिय क्रिक्रेट रंगशाला

चितवन, मंसिर ३० । जनस्तरको ठूलो सहयोग र साथले चितवनको रामपुरमा निर्माण भइरहेको गौतमबुद्ध अन्तराष्ट्रिय क्रिक्रेट रंगशालाको ८५ प्रतिशत काम सम्पन्न भएको छ ।

धुर्मुस सुन्तली फाउण्डेशनको नेतृत्वमा विस २०७५ सालको माघ १६ गते फाउण्डेशन मार्फत रंगशाला निर्माण गर्ने घोषणा गरिएको थियो भने २०७६ सालको मंसिर १ गतेबाट औपचारिकरुपमा काम सुरु गरिएको थियो । फाउण्डेशनले सर्वसाधारणबाट सहयोग जुटाएर निर्माण कार्यलाई निरन्तरता दिँदै आएको छ । रंगशालाको काम कोभिड १९ को समयमा पनि धमाधम भइरहेको फाउण्डेशनका अध्यक्ष सिताराम कट्टेलले जानकारी दिनुभयो ।

भरतपुर महानगरपालिका १५ मा बनिरहेको उक्त रंगशालाले थप गति लिन पुन आर्थिक सहयोग गर्ने मनहरुको पर्खाइमा रहेको छ । रंगशाला निर्माणस्थलमै धनधान्याचल महायज्ञ सञ्चालनगरी ६९ करोड ४० लाख ५६ हजार ९१९ रुपैयाँ जुटाउने बोलकबोल गरिएको थियो। तर त्यसमध्ये नगद करिब ९ करोड रुपैयाँ मात्रै उठेको धुर्मुसले बताउनुभयो ।


फाउण्डेशनको लेखा शाखाले दिएको विवरणअनुसार रंगशाला निर्माणकाक्रममा अहिलेसम्म ३६ करोड ५० लाख ८६ हजार ३५३ रुपैयाँ खर्च भइसकेको छ। जबकी अम्दानी २८ करोड ३० लाख १८ हजार ४६५ रुपैयाँ मात्रै छ।
भरतपुर महानगरपालिकाले जग्गा उपलब्ध गराएर साथै नगद ४ करोड रुपैयाँ दिइसकोको छ । बागमती प्रदेश सरकारले ३ करोड, हेटौंडा उपमहानगरपालिकाले ३० लाख, इच्छाकामना गाउँपालिकाले ११ लाख र राप्ती नगरपालिकाले ५ लाख रुपैयाँ बाहेक सरकारी निकायको सहयोग प्राप्त नभएकाले पनि समस्या हुने होकी भन्ने चिन्ता थपिएको धुर्मुसले बताउनुभयो ।

३ अर्ब रुपैयाँको लागतमा निर्माण गर्ने भनिएको रंगशालालाई नेपालको कला, संस्कृति र वस्तुकला अनुसार तयार गर्ने लक्ष्य राखिएको छ। सबै जिल्लालाई समेट्नेगरी ७७ कक्ष निर्माण गर्ने लक्ष्य छ। कमलको फूलको आकृतिमा बन्ने रंगशालामा ७७ वटा पत्ता र सबै प्रदेशको प्रतिनिधित्व हुनेगरी ७ वटा गेटहरु निर्माण गरिने छ ।

भरतपुर महानगरपालिकाको सक्रियतामा विश्वविद्यालयलाई अन्यत्रको जमिन सट्टाभर्ना गर्नेगरी २० विगाहा ६ कट्ठा जमिनमा रंगशाला बनिरहेको हो । क्रिकेट मैदानको प्याराफिटका लागि २८६ वटा पिल्लर उठिसकेको धुर्मुसले जानकारी दिनुभयो । उनका अनुसार ३० हजार दर्शक बसेर एकसाथ हेर्न मिल्नेगरी प्याराफिट निर्माण भइरहेको हो ।

रंगशाला निर्माणको काममा अहिले २२ जना प्राविधिकसहित २५३ जना खटिएका छन् । गत साउन १ गते फाउण्डेशनले १८ महिना भित्रमा रंगशाला निर्माणको काम सम्पन्न गर्ने घोषणा गरेको थियो। अहिले गौतम बुद्ध कप चलिरहेको छ । जसको फाइनल आज हुँदैछ । आज राप्ती र नारायणवीच प्रतिस्पर्धा हुनेछ ।

Leave a Reply

Scroll to Top
%d bloggers like this: