नेपाल टि २० विश्वकपको ग्लोबल छनोटमा

मंसिर ३० । नेपाल टि २० विश्वकपको ग्लोबल छनोटमा पर्न सफल भएको छ । सन् २०२२ मा हुने टी २० विश्वकप क्रिकेटका लागि सिधै ग्लोबल छनोटमा प्रतिस्पर्धा गर्ने भएको हो ।
आइसीसीले सोमबार छनोट प्रक्रिया सार्वजनिक गर्दै नेपालसहित यूएई, सिंगापुर र जिम्बावेलाई सिधै ग्लोबल छनोटमा स्थान दिएको हो। फेब्रुअरी र मे २०२२ मा हुने ग्लोबल छनोटबाट १६ टोलीमध्ये कुल ४ टोलीले विश्वकपमा स्थान बनाउनेछन्। यसमा सफल भए नेपालले सन् २०२२ अक्टोबरमा हुने विश्वकपमा खेल्न पाउनेछ।

Leave a Reply

Scroll to Top
%d bloggers like this: