सातामा दुई दिन बिदा दिने व्यवस्था अनुचित रहेको प्रशासनविद्को टिप्पणी

मंसिर ३० । सामान्य तय सार्वजनिक विदाको वहस र छलफल गर्नुपर्ने गृहमन्त्रालय तर नेपालमा संस्कृति, पर्यटन तथा नागरिक उड्ययन मन्त्रालयले प्रक्रिया र क्षेत्राधिकार मिचेर सरकारी कर्मचारीलाई सातामा दुई दिन बिदा दिने प्रस्ताव अनुचित रहेको प्रशानविदहरुको टिप्पणी रहेको छ।

मन्त्री योगेश भट्टराईले राजनीतिक चर्चा बटुल्न पटक पटक फेल खाएको यो व्यवस्था फेरि अगाडि सारेको टिप्पणी हुन थालेको हो ।

प्रशासनविद्हरुले यो प्रस्तावलाई असान्दर्भिक र अनुचित भन्नुभएको हो । सरकारी संयन्त्रबीच समन्वय नगरी हचुवाको भरमा ल्याइएकाले सरकारी कर्मचारीलाई सातामा दुई दिन बिदा दिने प्रस्ताव निकै आलोचित बनेको छ ।

वि।सं। २०४७ सालमा न्यायालयमा र २०५६ सालमा सरकारी सेवामा लागू गरिएको हप्ताको दुई दिन बिदा दिने निर्णय छोटो समय लागू भएपनि दिगो हुनसकेको थिएन ।

दुईपटक असफल भएको अभ्यासलाई फेरि हचुवाको भरमा अगाडि सार्नुलाई जायज मानिएको छैन ।

प्रशासनिक सेवा सुधारको लागि भन्दै २०७१ सालमा सरकारी कार्यालय दुई सिफ्टमा सञ्चालन गर्न थालियो । कोरोना महामारीसँगै दुई सिफ्टमा कार्यालय सञ्चालन गर्ने भनियो । तर, दुवै अभ्यास असफल भए ।

पर्यटन मन्त्रालयले सरकारी खर्च कम हुने र आन्तरिक पर्यटन प्रवर्द्धन गर्न सघाउ पुग्ने भन्दै फेरि हप्तामा दुई दिन बिदा दिने भनी ल्याएको प्रस्तावले सरकारी सेवा झनै सुस्त र झन्झटिलो बनाउने सम्भावना देखिन्छ ।

यदि, यो प्रस्ताव कार्यान्वयनमा ल्याइए त्यसले नागरिकले थप दुःख पाउने सम्भावना एकातिर छ भने अर्कोतिर अन्य विकृति मौलाउने सम्भावना देखिने बताइएको हो ।

Leave a Reply

Scroll to Top
%d bloggers like this: