अवको चुनावमा चितवनका सवै तहमा काँग्रेसको विजय हुन्छ ः श्रेष्ठ

चितवन, मंसिर २९ । नेपाली काँग्रेसका जिल्ला सभापति जितनारायण श्रेष्ठले काँग्रेसलाई नजिस्काउन चेतावनी दिनुभएको छ । सरकारले जिस्काएकै कारण कोरोनाले देशनै संक्रमित भएको बेला ओली सरकारविरुद्ध सडकमा आउनुपरेको बताउनुभयो ।


श्रेष्ठले बरिस्ठ नेतालाई दमौलीमा सरकारको निर्देशनमा दमन गर्ने प्रयास भएको भन्दै त्यसको भोलि पल्टै देशभरबाट कार्यकर्ताले त्यसको प्रतिउत्तर दिएको बताउनुभयो । काङ्ग्रेसका कार्याकर्तालाई निषेध गर्दैगर्दा ओलि सरकारलाई चेतावनी दिँदै श्रेष्ठले काँग्रेसले चाहाने हो भने नकेपाका नेतालाई ७७ जिल्ला प्रवेशमा रोक लगाउने हैसियत रहेको बताउनुभयो ।

बिरगंजमा आफ्नै पार्टी सचिव मुकेश चौरसियालाई चिर्पटनै चिर्पटले हानेर केपी ओलीकै निर्देशनमै मारीएको श्रेष्ठले बताउनुभयो । त्यस्तै चितवनमै प्रभावशाली मानिएका नेता सुरेन्द्र पान्डेमाथी झन्डै हातपात भएको भन्दै त्यो पनि कसको निर्देशनमा भयो भन्ने सबैलाई जगजाएर रहेको उहाँको भनाई थियो । उहाँले भने,“त्यसैले नेकपाका साथीहरू भ्रम नपाल्दा हुन्छ, तपाईं तपाईंकै नेताबाट सुरक्षित हुनुहुन्न। तपाईं बाटो बिराएर नेकपामा हुनुहुन्छ भने काङ्ग्रेसको खुल्ला घरमा आउन आग्रह गर्दछु।”

अबको डेढ बर्षपछी हुने स्थानीय चुनाबमा चितवनका ७ ओटै स्थानिय निकायमा काङ्ग्रेसले कब्जा गर्ने उनको दावी थियो । भरतपुर महानगर प्रमुखलाई कडा चुनौति दिँदै सभापति श्रेष्ठले भन्नुभयो ,“राजा नमान्ने देशमा राजजकुमारीलाई ठाँउ छैन । चितवनमा महारानीलाई जिताउन काङ्ग्रेसले इतिहासले माफी नदिने गरि मुल्य चुकाएको छ । अवको चुनावमा काँग्रेसले कब्जा गर्नेछ ।”

नेकपा अध्यक्ष ओलीको बारेमा काँग्रेसले बोल्नै नपर्ने र उनको बारेमा प्रचण्डले र प्रचण्डको बारेमा ओलीलेनै सवै पोल खोलिसकेको उनको भनाई थियो ।
बिगतका कमीकमजोरीलाई काङ्ग्रेसले जनता सँग माफी माग्ने र जसले गर्दा जनताले फेरि काङ्ग्रेसलाई साथ दिने उहाँको भनाई थियो ।

पुल्चोकमा सम्पन्न कोण सभामा बोल्दै केन्द्रीय सदस्य डा रामशरण महतले यो सरकारबाट जनाताले चाहेको अपेक्षा पुरा नहुने र भ्रष्टचारमा चुर्लुम्म डुवेको बताउनुभयो ।

Leave a Reply

Scroll to Top
%d bloggers like this: