गृहमन्त्री थापा चितवनमा : काँग्रेसको प्रदर्शन मृगतृष्णा मात्रै

चितवन, मंसिर २९ । आज चितवन आउनुभएका गृहमन्त्री रामबहादुर थापा बादल ले काँग्रेसले गरेको परिवर्तन मृगतृष्णा मात्रै भएको बताउनुभएको छ । साथै राजावादी लगायत केहीले व्यवस्था तथा संविधान उल्टाउने प्रत्यन्त गरेपनि नेपाली जनताले त्यसो हुनै नदिने ठोकुवा गर्नुभयो । प्रेस संगठन चितवनले आज भरतपुर विमानस्थलमा गरेको पत्रकार भेटघाट कार्यक्रममा बोल्दै मन्त्री थापाले कोभिड १९ को संकटका वेला एकसाथ लड्नुपर्नेमा केही तत्व संविधान उल्टाउने र सरकार विस्थापित गराउने अवसरको रुपमा लिएको भन्दै कुनै पनि हालतमा अहिलेको व्यवस्था परिवतर्न नहुने बताउनुभयो ।
जनताले यही परिवर्तन थप परस्कृत भएको हेर्न चाहेको भन्दै फेरि राजासंस्था फर्कन कुराको कल्पना सम्म गर्न नसकिने उहाँको भनाई थियो ।
त्यस्तै सरकारले राजावादी, विपक्षि दल र विप्लवलाई एकै नजरले नहेरको भन्दै तर सवै व्यवस्था परिवर्तनमा लागेको बताउनुभयो । राजावादी गणतन्त्र विस्थापित गर्न लागेको र विप्लवहरु गणतन्त्रलाई स्थापित गर्दै समाजवादी क्रान्ति गर्दै अघि वढ्ने रहेको तर गणतन्त्र विरोधी नरहेको रुपमा सरकारले लिएको थापाको भनाई थियो ।

Leave a Reply

Scroll to Top
%d bloggers like this: