दाङमा गुडिरहेको बसमा आगलागी

मंसिर २९ । दाङमा गुडिरहेको यात्रुबाहक बसमा आज बिहानै आगलागी भएको छ ।

बसको ब्याट्री सर्ट भएर बसमा आगलागी भएको प्रहरीले जनाएको छ ।

तुलसीपुरबाट नेपालगञ्ज जाँदै गरेको रा १ ख २३७४ नम्बरको बसमा आगलागी भएको हो ।

मानविय क्षति भने नभएको प्रहरी चौकी जसपुरले जनाएको छ । गाडीमा १५÷१६ जना यात्रुहरु भएको प्रहरीले बताएको छ ।

Leave a Reply

Scroll to Top
%d bloggers like this: