आज थप १ हजार १४ संक्रमित, २० जनाको मृत्यु

मंसिर २२ । आज नेपालमा १ हजार १४ जना कोरोना संक्रमित थपिएका छन् । पछिल्लो २४ घण्टामा ६ हजार २२० जनाको पिसिआर परीक्षण भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो थपिएका संक्रमित सहित नेपालमा कुल कोरोना संक्रमितको संख्या २ लाख ४१ हजार ९ सय ९५ पुगेको छ ।
आज १ हजार ६२८ जना कोरोना संक्रमणमुक्त भएका छन् । योसँगै संक्रमणमुक्त हुनेको संख्या २ लाख २७ हजार ४३३ पुगेको छ ।

थप २० जना कोरोना संक्रमितको मृत्यु भएको छ । योसँगै कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या १६१४ पुगेको छ । नेपालमा हाल सक्रिय संक्रमितको संख्या १२ हजार ९ सय ४८ पुगेको छ ।

Leave a Reply

Scroll to Top
%d bloggers like this: