चितवनमा नागरिकता लिन सास्ती

चितवन, मंसिर २२ । टोकन लिएर मात्रै सेवा दिने नियमले चितवनमा नागरिकता लिन सास्ती भएको छ । टोकन नपाउने हो की भन्ने चिन्ताले सेवाग्राही बिहानै प्रशासन कार्यालय पुग्ने गरेका छन् ।

कोरोना संक्रमण हुन नदिन भौतिक दुरी कायम राख्नुपर्ने भएपनि त्यसो हुन सकेको छैन । प्रतिलिपिका लागि प्रशासन कार्यालय धाउनेमा अधिकाँश बृद्धबृद्धाहरु रहेका छन् ।

सहायक प्रमुख जिल्ला अधिकारी नेत्रप्रसाद शर्माले राष्ट्रिय परिचय पत्र बनाउँदा नागरिकतालाई स्क्यान गरी अभिलेख राख्नुपर्ने भएका कारण प्रतिलिपि लिन आउने र नयाँ लिन आउनेहरुको भिड बढेको बताउनुभयो । राष्ट्रिय परिचय पत्रका लागि सवै कुरा प्रष्ट बुझिनेगरी नागरिकता आवश्यक पर्ने हुँदा प्रतिलिपि तथा नयाँ नागरिकता लिनेहरुको भिड बढेको हो ।

Leave a Reply

Scroll to Top
%d bloggers like this: