नायिका स्वेताले दोस्रो विवाह गर्दै

मंसिर १८ । नायिका श्वेता खड्का विवाह बन्धनमा बाँधिने भएकी छिन् । धनगढीका विजयन्द्र सिहं रावतसँग मंसिर २२ गते विवाह गर्न लाग्नुभएको हो । विवाह गोकर्ण फरेस्ट रिसोर्टमा हुनेछ । विवाहमा परिवारको मात्रै उपस्थिति रहने जनाइएको छ । श्वेता र रावत केही समयदेखि प्रेममा थिए ।

श्वेताको यो दोस्रो विवाह हो । यसअघि श्वेताले २०७१ असार २३ गते अभिनेता श्रीकृष्ण श्रेष्ठसँग विवाह गर्नु भएको थियो ।

श्रीकृष्णको विवाहको एक महिना पछि साउन २५ गते उपचारका क्रममा निधन भएको थियो।

Leave a Reply

Scroll to Top
%d bloggers like this: