नेकपा सचिवालय बैठक मंसिर २० गते

मंसिर १८ । पत्रयुद्ध नसकिएको नेकपाभित्रको विवाद अझै मिल्न सकेको छैन । सचिवालय बैठकमा सहमति गरेर सहमतिको प्रस्ताव सहित बैठक बस्ने भनेपनि निक्र्योलमा पुग्न सकेका छन् । शीर्ष शीर्ष तहमा देखिएको विवाद नमिलेपछि बैठक यही मङ्सिर २० गतेसम्मका लागि स्थगन भएको छ ।

सचिवालय बैठक लम्बिएसँगै मङ्सिर १८ गतेका लागि निर्धारित स्थायी कमिटी बैठक मङ्सिर २१ गतेसम्मका लागि सरेको छ । बुधबारको बैठकमा अध्यक्ष ओली अनुपस्थित हुनुहुन्थ्यो ।

यसअघि मङ्सिर १३ गतेको बैठकमा प्रधानमन्त्री एवं अध्यक्ष केपी शर्मा ओलीले प्रस्तुत गर्नुभएको लिखित जवाफ र त्यसअघि गत कात्तिक २८ गतेको बैठकमा अर्का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले प्रस्तुत गर्नुभएको लिखित पत्रका सम्बन्धमा बैठक केन्द्रित छ ।

दुवै अध्यक्षका प्रस्ताव साझा बनाएर स्थायी कमिटी र मङ्सिर २५ गते हुने केन्द्रीय कमिटीका बैठकमा लाने वा अलगअलगरुपमा लाने भन्नेबारेमा नेताहरुबीच विवाद छ ।

Leave a Reply

Scroll to Top
%d bloggers like this: