भारतसहित सबै अन्तर्राष्ट्रिय उडान खुला गर्ने सरकारको निर्णय

मंसिर १५ । कोरोना भाइरसको संक्रमण डरका कारण ०७६ चैत ९ गतेदेखि रोकिएका भारतसहित सबै मुलुकका काठमाडौंका लागि हुने व्यवसायिक अन्तर्राष्ट्रिय उडान खुला गरेको छ । संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सहसचिव बुद्धिसागर लामिछानेका अनुसार बुधबारको मन्त्रीपरिषद बैठकले मन्त्रालयलाई भारतसहित सबै मुलुकमा उडान सुरु गर्न अनुमति दिएको छ । ‘नेपाल भारत उडानबारे बुधबारको सरकारको निर्णय आज ९सोमबार० अबेर आइपुग्यो,’ सीसीएमसीमा समेत रहेका सहसचिव लामिछानेले कान्तिपुरसँग भने, ‘नेपाल भारत उडान सञ्चालन खुला भएको जानकारी भोलि परराष्ट्र मन्त्रालयमार्फत भारत र त्यहाँ रहेको हाम्रो दूतावासलाई पत्राचार गर्दैछौं ।’

भारतले प्रस्ताव गरेको एयर–बबल मोडललाई मन्त्रीपरिषदले अनुमोदन गरेको हो । यो मोडलमा नेपाल र भारतका वायुसेवाले दुवै देशका नागरिकलाई मात्रै सेवा दिने छन् । ‘अहिलेलाई बढीमा दुई फ्लाइट हुनेछन् । एउटा नेपाली वायुसेवाले गर्ने अर्को भारतीय करियरले गर्ने छ,’ सहसचिव लामिछानेले भन्नुभयो । योसँगै सबै क्षेत्रका लागि नेपालले उडान खुला गरेको छ । अब विदेशी वायुसेवाले यात्रु भएका रुटमा व्यवसायिक उडान गर्न पाउने छन् । पहिले जस्तो सीसीएमसी, परराष्ट्र, पर्यटन मन्त्रालयको विशेष अनुमति लिइरहनु पर्ने छैन ।

नेपालमा १६ वटा मुलुकका २६ वटा वायुसेवाले २१ वटा गन्तव्यबाट काठमाडौंका लागि व्यवसायिक उडान अनुमति लिएका छन् ।

नेपालले ०७६ चैत ९ गतेदेखी नियमित अन्तर्राष्ट्रिय उडान बन्द गरेको थियो । ५ महिनापछि भदौं १६ मा शर्तसहित अन्तर्राष्ट्रिय उडान खुकुलो गरिएको थियो । नेपालले पीसीआर नेगेटिभ भएका यात्रुलाई आवागमन खुला गरेको छ भने पर्यटकलाई ७ दिन होटल आइसोलेसन अनिवार्यको नियम बनाएको छ । तर भारत र चीनले अझै पनि निशर्त नियमित उडान खुला गरी सकेका छैनन् ।

Leave a Reply

Scroll to Top
%d bloggers like this: