चिनियाँ रक्षामन्त्री काठमाण्डौमा

मंसिर १४ । चिनियाँ रक्षामन्त्री वेइ फेङ्हे नेपाल आइपुग्नुभएको छ ।

केही घण्टाका लागि काठमाडौं आउनुभएको उहाँले उच्चस्तरीय राजनीतिक भेटवार्ता गर्नुहुने छ। त्यसपछि आजै काठमाडौंबाट फिर्ता हुने कार्यतालिका रहेको छ ।

भारतीय विदेश सचिव नेपाल भ्रमण गरी फर्किएलगत्तै हुन लागेको चिनियाँ रक्षामन्त्रीको आगमनलाई कतिपय अर्थपूर्ण मानिएको छ ।

Leave a Reply

Scroll to Top
%d bloggers like this: