घट्दै छन् सक्रिय सङ्क्रमित, आज १ हजार ९४८ जनामा कोरोना पुष्टि

मंसिर १० । नेपालमा कोरोनाका सक्रिय सङ्क्रमितको सङ्ख्या घट्दै गएको छ । घटेर १६ हजार ६ सय ३९ पुगेको स्वास्थ्य तथा जनसख्या मन्त्रालयले जनाएको छ ।

गएको २४ घण्टामा तीन हजार एक सय ४० जना सङ्क्रमणमुक्त भएका छन् । योसँगै नेपालमा कोरोनामुक्त हुनेको सङ्ख्या दुई लाख सात हजार नौ सय ९८ पुगेको छ ।

यस्तै बुधबार एक हजार नौ सय ४८ जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । योसँगै नेपालमा कोरोना सङ्क्रमितको कुल सङ्ख्या दुई लाख २६ हजार २६ पुगेको छ ।

गएको २४ घण्टामा नौ हजार दुई सय १० जनाको पीसीआर परीक्षण भएको थियो । यस्तै बुधबार कोरोना भाइरसको सङ्क्रमणबाट २८ जनाको ज्यान गएसँगै ज्यान गुमाउनेको सङ्ख्या एक हजार तीन सय ८९ पुगेको छ ।

Leave a Reply

Scroll to Top
%d bloggers like this: