सुनको भाउ तोलामा एक हजार रुपैयाँले घट्यो

मंसिर १० । आज सुनको भाउ ओरालो लाग्ने क्रमले निरन्तरता पाएको छ । आज सुनको प्रतितोला मूल्य एक हजार रुपैयाँले सस्तिएको नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको छ । मंगबार प्रतितोला एक हजार आठ सय रुपैयाँले सुनको भाउ घटेको थियो ।

महासंघले बुधबारको कारोबारका लागि छापावाल सुनको मूल्य ९१ हजार पाँच सय रुपैयाँ तोकेको छ । यस्तै तेजावी सुनको कारोबार मूल्य ९१ हजार रुपैयाँ छ ।

मंगलबार छापावल सुनको भाउ ९२ हजार पाँच सय र तेजावी सुन ९२ हजार रुपैयाँमा कारोबार भएको थियो ।

Leave a Reply

Scroll to Top
%d bloggers like this: