आथ थप १ हजार ९८० जनामा कोरोना संक्रमण, १६ जनाको मृत्यु

काठमाडौं, मंसिर ८ । नेपालमा आज थप १ हजार ९८० जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा थपिएका सहित कोरोना संक्रमितको कुल संख्या २ लाख २२ हजार २८८ पुगेको छ ।

पछिल्लो २४ घण्टामा १० हजार ३८१ जनाको पीसीआर परीक्षण गरिएको छ । पछिल्लो २४ घण्टामा ३ हजार ४३ जनाले कोरोना जितेर घर फर्किएसँगै निको हुनेको कुल सख्या २ लाख २ हजार ६७ पुगेको छ। देशभर १८ हजार ८८४ सक्रिय संक्रमित छन् । नेपालमा कोरोनाबाट १३ सय ३७ जनाको मृत्यु भएको छ । सोमबार मात्रै १६ जनाको मृत्यु भएको मन्त्रालयले पुष्टि गरेको छ ।

Leave a Reply

Scroll to Top
%d bloggers like this: