बागलुङमा जिप दुर्घटना, दुई जनाको मृत्यु

मंसिर ८। बडिगाड गाउँपालिका बागलुङमा आज बिहान जिप दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ । ग्वालिचौरतर्फ जाँदै गरेको लु १ द ४३७० नम्बरको जिप बडिगाड–६ सुरखुरेमा दुर्घटना हुँदा अन्दाजी २२ वर्षीया टेकमाया रोका र उनको एक वर्षीय छोराको मृत्यु भएको छ ।

दुर्घटनामा अन्दाजी ६० वर्षीया मनकुमारी रोका घाइते भएको इलाका प्रहरी कार्यालय बुर्तिबाङ प्रहरीचौकीका इञ्चार्ज प्रकाशसिंह भण्डारीले जानकारी दिनुभयो । जिपमा सामान लाद्ने क्रममा गुडेर जिप दुर्घटना भएको भण्डारीले बताउनुभयो । चालक भने सकुशल रहेको प्रहरीले जनाएको छ ।

Leave a Reply

Scroll to Top
%d bloggers like this: