कांग्रेस सांसद पाण्डेद्धारा शपथ ग्रहण

काठमाडौं, मंसिर ८ । नेपाली कांग्रेसका नेता मोहनप्रसाद पाण्डेले संघीय संसद प्रतिनिधि सभा सदस्यका रुपमा पद तथा गोपनीयताको शपथ लिनुभएको छ। उहाँलाई आज सभामुख अग्नि सापकोटाले शपथ ग्रहण गराउनुभएको हो ।

समानुपातिक निर्वाचन पद्धतिबाट प्रतिनिधि सभा सदस्य चयन भएसँगै पाण्डेलाई सोमबार दिउँसो सिंहदरबारस्थित संघीय संसद् सचिवालयमा शपथ दिलाइएको हो । प्रतिनिधि सभा सदस्य सूर्यबहादुर केसीको निधन भएपछि रिक्त पदमा नेपाली कांग्रेसले स्याङ्जाका पाण्डेलाई चयन गरेको हो ।

Leave a Reply

Scroll to Top
%d bloggers like this: