कांग्रेस सरकारमा नजाने प्रवक्ता शर्माको प्रष्टोक्ति

काठमाण्डौ, मंसिर ८ । नेपाली कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले ५ बर्ष कंग्रेस सरकारमा नजाने स्पष्ट पार्नुभएको छ ।
सत्तारुढ नेकपामा आन्तरिक विवाद उत्कर्षमा पुगेर फुटकै अवस्थामा पुगेका बेला प्रधानमन्त्री केपी ओलीले कंग्रेस सभापति शेरबहादुर देउबासंग गोप्य भेट गरी सहकार्यकालागि प्रस्ताव गरेको चर्चा चलिरहेका बेला प्रवक्ताले उक्त कुरा स्पष्ट पार्नुभएको हो ।

प्रवक्ता शर्माले हिजो ट्वीट गरी कंग्रेस पाँच वर्ष सरकारमा सहभागी नहुने दाबी गर्नुभएको हो । उहाँले पाँच वर्ष कांग्रेसलाई प्रतिपक्षमै बस्ने जनादेश भएकाले ओलीलाई कांग्रेस सांसदको टाउको नगन्न सुझाव समेत दिनुभएको छ ।

Leave a Reply

Scroll to Top
%d bloggers like this: