३३ एसएसपीको सरूवा (सूचीसहित)

काठमाण्डौ, मंसिर ५ । नेपाल सरकार, मृह मन्त्रालयले शुक्रबार ३३ प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) को सरूवा गरेको छ। ७ गते आइतबारदेखि लागू हुनेगरी सरूवा गरिएको हो ।

महानगरीय प्रहरी परिसर, काठमाडौं र ललितपुरका प्रमुख पनि परिवर्तन भएका छन्।

काठमाडौं परिसरका प्रमुख अशोक सिंह भएका छन् भने ललितपुर परिसरका प्रमुख किरण बज्राचार्य भएका छन्।

अहिले काठमाडौंका प्रमुख श्यामप्रसाद ज्ञवाली छन् भने ललितपुरका प्रमुख टेकप्रसाद राई छन्।

ज्ञवालीको प्रहरी प्रधान कार्यालय अपराध अनुसन्धान विभाग अपराध नियन्त्रण महाशाखा नक्शालमा सरूवा भएको हो। टेकप्रसाद राईको नक्सालको कार्य विभाग कार्य महाशाखामा सरूवा भएको हो।

हेर्नुहोस् बाँकी सूची

Leave a Reply

Scroll to Top
%d bloggers like this: