मंसिरभित्रै क्रियाशील सदस्यको विवरण पठाउन कांग्रेसको निर्देशन

काठमाडौं, मंसिर ५ । नेपाली कांग्रेसले नयाँ र नविकरण सहितको क्रियाशील सदस्यको विवरण मंसिर मसान्तभित्र केन्द्रीय कार्यालय सानेपामा पठाइसक्न निर्देशन दिएको छ।
१४ औं महाधिवेशन फागुनमा गर्ने र सोको मिति नजिकिएको भन्दै कांग्रेसले क्रियाशील सदस्यहरूको सूची सार्वजनिक गरी त्यसको विवरण केन्द्रमा पठाउन ७७ वटै जिल्ला कार्यसमितिलाई पत्राचार गरेको हो।

कोरोनाभाइरस महामारीका कारण क्रियाशील वितरण तथा नवीकरणका काम प्रभावित बनेका थिए। कांग्रेस महाधिवेशन फागुन ७ देखि गर्ने कार्यतालिका छ। कांग्रेसमा अहिले पाँच लाख हाराहारीमा क्रियाशील सदस्य छन्। यो संख्या अबको महाधिवेशनमा दोब्बर हुने गरी क्रियाशील वितरणका काम भइरहेको कांग्रेसले जनाएको छ। गत कात्तिक २८ मा बसेको केन्द्रीय कार्यसमिति बैठकले क्रियाशील सदस्यताको काम मंसिरभित्र सक्ने निर्णय गरेको थियो।

Leave a Reply

Scroll to Top
%d bloggers like this: