१ लाख १० हजार रकम सहित देवुचलीमा ९ जना जुवाडे फक्राउ

कार्तिक ३० । जिल्ला प्रहरी कार्यालय नवलपुरले १ लाख १० हजार ४२० रुपैया सहित हिजो एकै दिन ९ जना जुवाडेलाई पक्राउ गरेको छ ।

कार्यालयका सुचना अधिकारी प्रहरी निरीक्षक सागर पन्तका अनुसार हिजो दिउसो साँढे १ बजेतिर देवचुली ११ कैलाशचोकमा रहेको संजय कुँवरले संचालन गरेको पोल्ट्री फर्म भित्र जुवातास खेलीरहेको समय ८० हजार ७४५ रुपैया सहित ५ जना जुवाडे र हिजो नै देवचुली ५ कदमपुर स्थित कर्णबहादुर कानुङमा घरमा जुवातास खेलीरहदा २९ हजार ६७५ रुपैया सहित ५ जना जुवाडे पक्राउ परेका हुन् ।

उनीहरु विरुद्ध मुलुकी अपराध संहिता २०७४ को परिच्छेद ५ को दफा १२५ बमोजिम कसुर अन्तर्गत अनुसन्धान कार्य अघि बढाईएको पन्तले जानकारी दिनुभयो ।

Leave a Reply

Scroll to Top
%d bloggers like this: