चितवन प्रहरीद्धारा ४ दिनमा ४६ फरार व्यक्तिहरु पक्राउ

चितवन, कार्तिक ३० । जिल्ला प्रहरी कार्यालय चितवनले ४ दिनमा ४६ जना फरार व्यक्तिहरुलाई पक्राउ गरेको छ ।

बिभिन्न मुद्दामा कैद तथा जरीवाना सजाय भएर पनि फरार रहेका उनीहरुलाई पक्राउ गरिएको सूचना अधिकारी प्रहरी नायव उपरीक्षक सुर्य थापाले जानकारी दिनुभयो ।

कार्तिक २५,२६,२७ र २८ गते नकवजनी चोरी, जवरजस्ती करणी, लागू औषध, कर्तव्य ज्यान, बहु बिबाह, बन पैदावार, राष्ट्रिय निकुञ्ज सम्बन्धि कसूर, कीर्ते, जुवा, केही सार्वजनिक अपराध, जालसाजी, सम्बन्ध बिच्छेद मुद्दामा फरार रहेका ४५ जना पुरूष र १ महिला गरी जम्मा ४६ जना फरार व्यक्तिहरूलाई पक्राउ गरी फैसला कार्यान्वयनको लागि सम्मानित चितवन जिल्ला अदालतमा बुझाईएको थापाले बताउनुभयो ।

जसबाट ७ बर्ष ९ महिना २६ दिन कैद र रू.४ लाख ८ हजार ३११ रुपैया असुल उपर भएको छ ।

Leave a Reply

Scroll to Top
%d bloggers like this: