भोलि भाइटीका, शुभसाइत ११ बजेर ३७ मिनेटमा

कार्तिक ३० । भोलि भाइटीका । यस वर्ष भाइटीकाको उत्तम साइत बिहान ११ बजेर ३७ मिनेटमा रहेको नेपाल पञ्चाङ्ग निर्णायक समितिले जनाएको छ ।
समितिका अनुसार कात्तिक शुल्क पक्ष द्वितीया सोमबार बिहान ९ बजेर १२ मिनेटबाट सुरु भई २ गते मंगलबार बिहान ७ बजेर ८ मिनेटसम्म रहेको छ तर मध्याह्नकालमा भाइटीका लगाउनुपर्ने धर्मशास्त्रको नियम भएकाले १ गते नै साइत राखिएको समितिका सदस्यसचिव सूर्यप्रसाद ढुंगेलले बताउनुभयो ।

उनका अनुसार शनिबार चतुर्दशी र औंसी एकै दिन परेको छ । शुक्रबार मध्यरातदेखि शनिबार दिउँसो १ बजेर ४९ मिनेटसम्म चतुर्दशी तिथि रहेको र आइतबार बिहान ११ बजेर २७ मिनेटसम्म औंसी देखिएको ढुंगेलले बताउनुभयो ।

प्रतिपदा भने आइतबार बिहान ११ बजेर २७ मिनेटबाट सोमबार बिहान ९ बजेर १२ मिनेटसम्म देखिएको छ । गोवद्र्धन पूजा भने १२ बजेभित्र सम्पन्न गर्नसके उचित हुने र प्रतिपदाको साँझ नेवार समुदायले ‘म्हः पूजा’ गर्न सक्ने छन् । म्हस् पूजाको साइत आज बेलुका ७ बजेर ८ मिनेटदेखि ९ बजेर २२ मिनेटसम्म रहेको पाटनका विभिन्न जातीय समाज र गोल्डेन टेम्पलका पुरोहितहरूले निकालेका छन् । प्राय नेवार समुदायले भाइटीका बेलुका गर्ने भएकाले आइतबार बेलुका ७ बजेर ५ मिनेटदेखि ९ बजेर १८ मिनेटसम्म साइत परेको पाटनका ताम्राकार समाजका अध्यक्ष रवीन्द्रराज ताम्राकारले जानकारी दिनुभयो ।

Leave a Reply

Scroll to Top
%d bloggers like this: