बीएस्सी, बीबीएस र बीएड चौथो वर्षको परीक्षा मंसिर २८ देखि

कार्तिक २५ । त्रिभुवन विश्वविद्यालय (त्रिवि)ले बीएस्सी, बीबीएस र बीएड चौथो वर्षको परीक्षा मंसिर २८ गते देखि सुरु गर्नेभएको छ ।
नोवेल कोरोना भाइरस ( कोभिड–१९) बाट स्थगित परीक्षा २८ मंसिरदेखि सुरू गर्ने जानकारी दिएको छ । तालिका समेत सार्वजनिक गरिएको छ । विज्ञान तथा प्रविधि अध्ययन संस्थान, व्यवस्थापन संकाय र शिक्षा संकायतर्फको चार वर्षे बीएस्सी, बीबीएस र बीएड चौथो वर्षका नियमित तथा आंशिक परीक्षा सञ्चालन गर्न लागिएको त्रिवि, परीक्षा नियन्त्रण कार्यालयले जनाएको छ ।

स्वास्थ्य सुरक्षा मापदण्ड अपनाएर बिहान ८ देखि ११ बजेसम्म परीक्षा सञ्चालन गर्न लागिएको हो । चौथो वर्षको फर्म छुटेका विद्यार्थीले दोब्बर दस्तुर तिरेर ८ मंसिरभित्र फर्म भरिसक्नु पर्ने परीक्षा नियन्त्रण कार्यालयले जानकारी दिएको छ । त्रिविले १४ पुसमा सबै परीक्षा सकिने गरी तालिका सार्वजनिक गरेको हो । कोरोना भाइरस कोभिड १९ र लकडाउनले अनिश्चित बनेको परीक्षा तालिका सार्वजनिक भएपछि विद्यार्थीहरु तयारीमा जुट्न सहज भएको छ ।

 

Leave a Reply

Scroll to Top
%d bloggers like this: