सरकारी अस्पतालमा भने कोरोनाको परीक्षण र उपचार निःशुल्क गर्ने सरकारको निर्णय

कार्तिक २५ ।नेपाल सरकारले सरकारी अस्पतालमा भने कोरोना परीक्षण र उपचार निःशुल्क गर्ने निर्णय गरेको छ ।

सरकारले आफ्नो पूर्व निर्णय सच्याउँदै सोमबार बसेको बैठकले निःशुल्क गर्ने निर्णय गरेको हो । एक मन्त्रीका अनुसार अब सबै सरकारी प्रयोगशालामा कोरोनाको परीक्षण निःशुल्क हुनेछ भने सरकारी अस्पतालमा निःशुल्क उपचार हुनेछ ।

सर्वोच्च अदालतले १५ असोजमा कोरोनाको परीक्षण र उपचार निःशुल्क गर्न आदेश दिएको थियो । न्त्रिपरिषद्को निर्णयमा निजी अस्पतालबारे भने बोलिएको छैन ।

Leave a Reply

Scroll to Top
%d bloggers like this: