नेपालमा थप २ हजार ७५३ जनामा कोरोना संक्रमण, १७ जनाको मृत्यु

कार्तिक २२ । नेपालमा आज मात्रै थप २ हजार ७५३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । यो सँगै कोरोनाभाइरसका सक्रिय संक्रमितको संख्या ३५ हजार ४३५ पुगेको छ ।
थपिएका संक्रमितमा काठमाडौं उपत्यकाका मात्रै एक हजार ५१२ जना हुन् । योसँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या एक लाख ९१ हजार ६३६ पुगेको छ ।
पछिल्लो २४ घन्टामा देशभर दुई हजार २०६ जना कोरोनामुक्त भएका छन् । अहिलेसम्म कोरोनामुक्त हुनेको संख्या एक लाख ५५ हजार ११४ पुगेको छ ।कोरोनाका कारण पछिल्लो २४ घन्टामा देशभर १७ जनाले ज्यान गुमाएका छन् ।

योसँगै नेपालमा कोरोनाका कारण मृत्यु हुनेको संख्या एक हजार ८७ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

Leave a Reply

Scroll to Top
%d bloggers like this: