ट्राफिक सचेतनाका लागि ‘सांगीतिक डमी अभियान’ सुरु

कार्तिक २२ । महानगरीय ट्राफिक प्रहरी महाशाखाले ट्राफिक सचेतनाका लागि ‘सांगीतिक डमी अभियान’ सुरु गरेको छ ।
ट्राफिक नियमसम्बन्धी जनचेतना फैलाउन र दुर्घटना कम गर्न काठमाडौं उपत्यकाका विभिन्न ठाउँबाट ‘सांगीतिक डमी अभियान’ सुरु गरिएको हो ।

उपत्यकाका विभिन्न चोकमा राखिएको डमीमा ट्राफिक नियमसम्बन्धी विभिन्न गीतहरु बजाएर ट्राफिक नियमकोबारेमा जानकारी दिइनेछ ।

ट्राफिक नियमबारे नागरिकलाई सुसूचित गर्ने र नियमको पालना भए दुर्घटना न्यूनीकरणमा समेत सहयोग पुग्ने महाशाखाका प्रमुख एसएसपी भीम ढकालले बताउनुभयो ।

Leave a Reply

Scroll to Top
%d bloggers like this: