भत्ता नलिन कांग्रेस सांसदलाई निर्देशन

कार्तिक ३ । जनता कोरोना र लकडाउनले मारमा रहेको समय साँसदहरुको खातामा दसैँ भत्ताले घण्टी बजाएपछि चौतर्फि विरोध भयो । यसैका कारण नेपाली काँग्रेसले आफ्ना सांसदहरुलाई दसैँ भत्ता नदिन निर्देशन नै दिएको छ । जता समस्यामा परेका समय जनताबाट निर्वाचित जनप्रतिनिधिले भत्ता लिन नमिल्ने भन्दै उक्त निर्देशन दिइएको हो । पार्टि सभापति शेरबहादुर देउवाले संसद सचिवालयले दशैंभत्ता भनेर सांसदहरुको बैंक खातामा पठाइदिएको रकम फिर्ता गर्न निर्देशन दिनुभएको हो ।

फिर्ता गरिएको रकम कोभिड नियन्त्रण र जनताको उपचारमा सरकारले खर्च गरोस् भन्ने नेपाली कांग्रेसको आग्रह रहेको बताइएको छ ।
जनता आइसोलेसन र भेन्टिलेटर नपाएर मर्दै, सांसदलाई दशैं भत्ता ? यो जायज प्रश्नलाई हामीले आत्मसात गर्नैपर्छ’, प्रवक्ता विश्वप्रकाश शर्माले ट्वीट गर्दै भन्नुभयो, ‘समय र परिस्थिति अनुकूल यस्तो विषयमा निर्णय गर्न पार्टीको संसदीय दल स्वायत्त छ । आवश्यक समन्वय साथ व्यक्तिगत होइन संस्थागत निर्णयमा संसदीय दल सक्षम रहनेछ ।’

सरकारले पछिल्लो पटक पीसीआर परीक्षण आफैं गर्न भनेकोमा पनि नेपाली कांग्रेसले विरोध गरेको छ । जनताको ज्युधनको सुरक्षा गर्ने दायित्व सरकारको हुने भन्दै कांग्रेसले यो दायित्वबाट सरकार पन्छिन नमिल्ने जनाएको छ । यस्तो निर्णय फिर्ता गर्न सरकारसँग माग गर्नुभएको छ ।

Leave a Reply

Scroll to Top
%d bloggers like this: