सरकारको प्रवक्तामा संचारमन्त्री गुरुङ

कार्तिक ३ । सरकारको प्रवक्ताको जिम्मेवारी सञ्चार तथा सूचना प्रविधिमन्त्री पार्वत गुरुङलाई दिइएको छ । गुरुङलाई प्रवक्ताको जिम्मेवारी दिने निर्णय मन्त्रिपरिषद्ले गरेको जनाइएको छ ।

यसअघि परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली सरकारको प्रवक्तामा हुनुहुन्थ्यो । गुरुङ वर्तमान सरकारका चौथो प्रवक्ता हुनु भएको छ । उहाँलाई आज देखिनै लागू हुने गरी जिम्मेवारी दिइने भएको हो ।

महिला, बालबालिका तथा जेष्ठ नागरिक मन्त्रालयबाट गुरुङलाई गएको असोज २८ मा सञ्चार मन्त्रालयको जिम्मेवारी पाउनुभएको थियो ।

Leave a Reply

Scroll to Top
%d bloggers like this: