प्रधानमन्त्रीका मुख्य सल्लाहकार रिमाल सहित ३ जना कोरोनामुक्त

असोज २३ । प्रधानमन्त्री केपी शर्मा ओलीका मुख्य सल्लाहकार विष्णु रिमाल सहित प्रेस सल्लाहाकार सुर्य थापा पनि कोरोनामुक्त हुनुभएको छ ।
बिहीबार उहाँको पिसीआर परीक्षणका क्रममा नेगेटिभ रिपोर्ट आएको सामाजिक सञ्जालबाट जानकारी गराउनुभयो। उहाँलाई गत असोज १७ गते सङ्क्रमण भएको थियो । उहाँसँगै प्रेस सल्लाहकार सूर्य थापा, परराष्ट्र सल्लाहकार राजन भट्टराई र प्रमुख स्वकीयसचिव इन्द्र भण्डारीलाई सङ्क्रमण भएको थियो । थापा र भट्टराई पनि कोरोनामुक्त हुनुभएको छ ।

Leave a Reply

Scroll to Top
%d bloggers like this: