नेपालमा आज थप ३४३९ जनामा कोरोना संक्रमण, १५ जनाको मृत्यु

असोज २१ । नेपालमा आज मात्रै थप ३४३९ जनामा कोरोना संक्रमण पुष्टी भएको छ । आज थपिएको सहित नेपालमा कोरोना संक्रमितको कुल संख्या ९४ हजार २५३ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले जानकारी दिनुभयो । पछिल्लो २४ घण्टामा देशभरका विभिन्न प्रयोगशालामा १४ हजार २०९ जनाको पीसीआर परीक्षण गरिएको छ । आज मात्रै ११२६ जना कोरोनामुक्त भइ डिस्चार्ज भएका छन् । अहिलेसम्म डिस्चार्ज हुनेको संख्या ६८ हजार ६६८ रहेको छ । देशभरी सक्रिय संक्रमितको संख्या हालसम्म २५ हजार ७ जना रहेको छ । पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट १५ जनाको मृत्यु भएको छ । स्वास्थ्य मन्त्रालयका अनुसार नेपालमा कोरोना भाइरसबाट मृत्यु हुनेको संख्या ५७८ पुगेको छ ।

Leave a Reply

Scroll to Top
%d bloggers like this: