भूकम्पले जिर्ण बनाएका ५५ विद्यालय भवन पुननिर्माण

बेनी, ३ भदौ ः म्याग्दीमा ५५ वटा विद्यालयको भवन पुननिर्माण भएको छ । पाँच वर्ष अघिको भूकम्पका कारण जिर्ण बनेका र भत्किएका विद्यालयका भवन पुननिर्माण गरिएको हो ।

राष्ट्रिय पुननिर्माण प्राधिकरणको जिल्ला आयोजना कार्यालय (शिक्षा) मार्फत थप ४५ वटा विद्यालयको भवन पुननिर्माणको क्रममा छन् । २४ वटा चार कोठे, ९ वटा ३ कोठे र २२ वटा २ कोठे भवन पुननिर्माण भएको कार्यालयका प्रमुख तुलाराज चौलागाइले जानकारी दिनुभयो ।

उहाका अनुसार २२ वटा शौचालय र २ वटा विद्यालयमा खानेपानी आयोजना निर्माण भएको छ । ‘‘भवन, शौचालय र खानेपानी सहित पुननिर्माण भएका कुल योजना संख्या ७९ र कक्षा कोठा १६७ वटा छन्,’’ चौलागाइले भन्नुभयो ‘‘१०१ वटा विद्यालय पुननिर्माणका लागि सुचिकृत भएका थिए ।’’

कतिपय विद्यालयमा दोस्रो चरणमा भवन निर्माण भैरहेको छ । आर्थिक वर्ष २०७३÷७४ देखि विद्यालय भवन पुननिर्माण सुरु भएको थियो । पहिलो वर्ष १ वटा दुई कोठे, २ वटा तीन कोठे र एक वटा चार कोठे भवन निर्माण भएको थियो ।

आर्थिक वर्ष २०७४÷७५ मा ३ वटा दुई कोठे, तीन वटा तीन कोठे र १ वटा एक कोठे भवन निर्माण भएको थियो । २०७५÷७६ को पहिलो चरणमा ८ वटा दुई कोठे, २ वटा तीन कोठे र १० वटा चार कोठे भवन बनेका थिए ।

०७५÷७६ को दोस्रो चरणमा छनौट भएका १० वटा दुई कोठे, दुई वटा तीन कोठे र १२ वटा चार कोठे भवनका योजना पनि सम्पन्न भएका छन् । आर्थिक वर्ष २०७६÷०७७ को पहिलो चरणमा छनौट भएका ५ वटा चार कोठे भवन निर्माणको अन्तिम चरणमा छन् ।

९ वटा शौचालय मध्य २ वटा र ६ वटा खानेपानी मध्य २ वटा योजना सम्पन्न भएको छ । २०७६÷०७७ को दोस्रो चरणमा १० वटा दुई कोठे, ३ वटा ३ कोठे र ३२ वटा चार कोठे भवन, २१ वटा शौचालय र २१ वटा खानेपानी योजना सम्झौता भएर कार्यान्वयनको चरणमा छन् ।

कार्यालयका सूचना अधिकारी बिष्णु रिजालका अनुसार यो वर्ष ४ कोठे भवन निर्माण हुने विद्यालयहरुमा हिमाञ्चल मावि, शिख मावि, प्रभा मावि, ज्ञानप्रकाश मावि, अमर मावि चिमखोला, अमर मावि पाखापानी, महेन्द्र मावि झि, ज्ञानोदय मावि, रघुगंगा मावि, महादेव मावि छन् ।

सरस्वती मावि तातोपानी, जनकल्याण मावि पुलाचौर, गलेश्वर मावि तोरीपानी, थाकनपोखरी आधारभूत विद्यालय, अर्जुन मावि भकुण्डे, रामचन्द्र मावि अर्जम, मंगला मावि, दिपशिखा मावि, महेन्द्ररत्न मावि, त्रिभुवन मंगला मावि र थाइवाङ आधारभूत विद्यालयमा पनि चार कोठे भवन निर्माण हुने भएका छन् ।

यसैगरी मालिकाको सिद्ध आधारभूत, भगवति आधारभूत, ओखरबोट मावि, निस्कोट मावि, धवलागिरीको किसानी मावि, जनविकास मावि, जनजागृति मावि, भुमे आधारभूत, धौलागिरि आधारभूत र चन्द्रज्योति मावि रहेका छन् ।

जनआदर्श आधारभूत कोटगाउ, बालप्रिय आधारभूत भकिम्ली र शिशुकल्यान आधारभूत विद्यालय निस्कोटमा तीन कोठे भवन निर्माणका लागि छनौट भएको छ । पोखरेबगर आधारभूत, शिद्धार्थ ज्ञानमन्दिर आधारभूत, जनसुन्दर, बालमन्दिर, मसुङडोले, सरस्वती, शिवालय, मालिका, जनज्योती र जगन्नाथ आधारभूत विद्यालय दुई कोठे भवन निर्माणमा छनौट भएका छन् ।

विद्यालय भवन निर्माणका लागि प्राबिधिकले तयार पारेको लगत ईस्टिमेट अनुसार बजेट बिनियोजन भएको छ । टाढाका विद्यालयको ढुवानीले लागत बढ्ने र सुगमका विद्यालयमा ढुवानी कम हुने गरि लागत अनुमान तयार पारिएको छ । सुबिधा सम्पन्न भूकम्प प्रतिरोधी क्षमताका भवन निर्माण भएपछि पठनपाठन सहज भएको छ । विद्यार्थिले सुरक्षित महशुस गरेका छन् ।

Leave a Reply

Scroll to Top
%d bloggers like this: