पहिरो पिडितलाई बेल्जियमबाट सहयोग

बेनी, २ भदौ । धवलागिरी गाउपालिका–६ मराङ र मालिका गाउपालिका–७ बिमका पहिरो पिडितलाई बेल्जियमबाट आर्थिक सहयोग प्राप्त भएको छ । मराङ घर भई हाल बेल्जियममा रहनुभएका जितबहादुर गर्बुजाको पहलमा दुई वटै वडाका पहिरो पिडितका लागि दुई लाख ८३ हजार १६० रुपैया सहयोग प्राप्त भएको हो ।

दुई वटा वडालाई बराबर एक लाख ४१ ह्जार ५८० रुपैयाँका दरले सहयोग हस्तान्तरण गरिएको छ । बेल्जियमबाट गर्बुजाले पठाउनु भएको रकम बिम घर भई बेनीमा ब्यवसाय गर्दै आउनुभएका होटल तथा रेष्टुरेष्ट ब्यवसायी संघका पुर्व अध्यक्ष गोपाल शर्माले मराङका वडा अध्यक्ष राजाराम सुवेदी र बिमका वडा अध्यक्ष रेशम जुग्जालीलाई हस्तान्तरण गर्नुभएको थियो ।

सहयोगदाताहरुलाई धन्यवाद दिदै रकम कोषमा राखेर असार २६ गतेको पहिरोबाट घरबास गुमाएकाहरुको पुनस्थापनामा परिचालन गरिने वडा अध्यक्षहरुले बताउनुभएको छ । पहिरोबाट मराङका विभिन्न ठाउँमा १९ जनाको मृत्यु, २ जना वेपत्ता, बिममा ८ जनाको मृत्यु र एक जना वेपत्ता भएका थिए ।

Leave a Reply

Scroll to Top
%d bloggers like this: