ताकमका मृगौला पिडित थमबहादुरलाई सहयोग

बेनी, २ भदौ । म्याग्दीको धवलागिरी गाउपालिका–७ ताकमको आटेबिरका मृगौलापिडित थमबहादुर सुनारलाई अमेरिकाबाट आर्थिक सहयोग प्राप्त भएको छ ।

दुवै मृगौलाले काम नगरेपछि थला परेका सुनारलाई डायलाइसिस र मृगौला प्रत्यारोपणका लागि अमेरिकामा रहनुभएका ताकमका रधु सुवेदीले संकलन गरेर एक लाख ५३ हजार ७०६ रुपैयाँ पठाउनुभएको थियो ।

सुवेदीले पठाउनुभएको रकममा हाल काठमाडौमा रहनुभएका धारापानीका अर्जुन थापाले १२ हजार रुपैयाँ थप गरेर मंगलबार थमबहादुरलाई कुल एक लाख ६५ हजार ७०६ रुपैयाँ हस्तान्तरण गर्नुभएको छ ।

आफ्नो जन्मथलोका युवाका लागि सुवेदीले अमेरिकामा रहेका आफन्त र साथिहरुबाट सहयोग जुटाएर पठाउनुभएको थियो । ३३ वर्षीय सुनार विगत ८ वर्षदेखि मृगौला पिडित भएर जिवनसँग संघर्ष गर्दै आउनुभएको छ ।

परिवारको कमजोर आर्थिक अवस्थाका कारण उहाँले मृगौला प्रत्यारोपण गर्न सक्नुभएका छैन् । चन्दा सहयोग जुटाएर काठमाडौमा बसेर डायलाइसिस गर्दै आउनुभएको छ । सुनारका परिवार ज्याला मजदुरी गरेर जिविकोपार्जन गर्दै आएका छन् ।

सहयोगदाताहरुको विवरण

Leave a Reply

Scroll to Top
%d bloggers like this: