लायन्स क्लवद्धारा पर्वत बेनीमा मास्क र साबुन वितरण

बेनी, २ भदौ । लायन्स क्लव अफ बेनी मल्लाजले पर्वत बेनीमा मंगलबार मास्क र साबुन वितरण गरेको छ ।

जलजला गाउपालिका–३ वारीबेनीको गुफाटोल, वारीबेनी र डाडाबारी क्षेत्रमा घरदैलो गरेर मास्क र साबुन वितरण गरिएको हो । कोरोना भाइरसको जोखिम न्युनीकरणका लागि सन्देशमुलक अभियान सहित वितरण गरिएको क्लवले जनाएको छ ।

५०० पिस मास्क र २०० वटा साबुन वितरण गरिएको क्लवका उपाध्यक्ष बिक्रम सुवेदीले जानकारी दिनुभयो । क्लवका अध्यक्ष राजु कडेल, वारीबेनी प्रहरी चौकीका प्रमुख भरत गौतम सहितको टोलीले सचेतनामुलक कार्यक्रम सहित साबुन वितरण गरेको थियो ।

Leave a Reply

Scroll to Top
%d bloggers like this: