गोर्खा भूतपुर्व सहकारीको दरवाङमा सेवा केन्द्र

बेनी, १ भदौ । बेनीमा रहेको गोर्खा भूतपुर्व सैनिक बचत तथा ऋण सहकारी संस्थाले मालिका गाउपालिकाको केन्द्र दरवांङमा सोमबार सेवा केन्द्र स्थापना गरेको छ ।

मंगला, मालिका, धवलागिरी र तमानखोला गाउपालिकाका सेयर सदस्यहरुको सुबिधाका लागि स्थापना गरिएको सेवा केन्द्रको मालिका गाउपालिकाका अध्यक्ष श्रीप्रसाद रोकाले उद्घाटन गर्नुभयो ।

भारतीय भुतपूर्व गोर्खा सैनिकहरुलाई पेन्सन वितरणका लागि एभरेष्ट बैंकको काउन्टरको रुपमा समेत काम गर्दै आएको सहकारीको सेवा केन्द्र खुलेपछि पश्चिम म्याग्दीका भुपुहरुलाई सहज हुने अपेक्षा गरिएको छ ।

अध्यक्ष रोकाले पेन्सन लिनका लागि बेनी पुग्नुपर्ने अवस्था हट्ने विश्वास ब्यक्त गर्नुभयो । सो कार्यक्रममा ओखरबोटका वडा अध्यक्ष दिलिपकुमार शेरचन, पुर्व जिविस सभापति ओमप्रकाश शेरचन, स्थानीय बिरबहादुर कार्कीले मन्तब्य ब्यक्त गर्नुभएको थियो ।

४० वर्षअघि सेवा निवृत्त भएका देविस्थानका कृष्ण पुनलाई पेन्सन उपलब्ध गराएर सेवा सुरु गरिएको थियो । सहकारीको अध्यक्ष टेकबहादुर रावलको अध्यक्षता, उपाध्यक्ष देउप्रसाद छन्त्यालको स्वागत र सचिव खुम बानियाको सञ्चालनमा कार्यक्रम सम्पन्न भएको थियो ।

म्याग्दीका सेवा निवृत्त भारतीय गोर्खा सैनिक र उनिहरुका परिवार आवद्ध व्यक्तिहरु यस सहकारीका सेयर सदस्य छन् ।

Leave a Reply

Scroll to Top
%d bloggers like this: