म्याग्दीका नाकामा कडाई

बेनी,। विश्वब्यापी महामारीको रुपमा फैलिएको कोरोना (भाइरस) रोकथामका लागि म्याग्दीका नाकाबाट हुने आवत जावतलाई ब्यवस्थित बनाउन कडाई गरिने भएको छ ।

जिल्ला संकट ब्यवस्थापन केन्द्र म्याग्दीका अध्यक्ष समेत रहनुभएका प्रमुख जिल्ला अधिकारी उमाकान्त अधिकारीको अध्यक्षतामा सोमबार बसेको बैठकले आवागमनलाई ब्यवस्थित गराउने निर्णय गरेको हो ।

सिमाना जोडिएका छिमेकी जिल्लामा समुदाय स्तरमा समेत कोरोना देखिएपछि कडाई गर्न लागिएको हो । अत्यावश्यक काम बाहेक म्याग्दी जिल्ला बाहिरबाट प्रवेश गर्नेहरुका लागि मंगलबार राती बाह् बजेदेखि लागु हुने गरि कालीपुल बाहेक अन्य स्थानबाट पैदल तथा सवारी मार्फत हुने प्रवेशलाई पूर्ण रुपमा बन्द गरिने भएको छ ।

अत्यावश्यक कामको लागि म्याग्दी जिल्ला प्रवेश गर्नुपरेमा बिहान ७ देखि साँझ ७ बजेसम्म कालीपुलबाट अनुमति लिएर मात्र प्रवेश गर्न र म्याग्दी प्रवेश गरेपछि तोकिएको होल्डिंग सेन्टरमा बस्न, फारम भर्न, आवश्यक परामर्श लिई स्थानीय तहको जिम्मेवारीमा होम क्वारेन्टाइनमा बस्न लगाइने भएको छ ।

सुचनाको अवज्ञा गरेमा संक्रामक रोग ऐन २०२० बमोजिम कारबारी गरिने जिल्ला प्रशासन कार्यालयले जनाएको छ । मल्लाज र पर्वत बेनीका बासिन्दा, ब्यवसायी, कृषक, कर्मचारीहरुका लागि भने परिचयपत्र अथवा अन्य काजगातका आधारमा आवत जावत गर्न दिनुपर्ने माग उठेको छ ।

म्याग्दीका ४८ जना कोरोना संक्रमित निको भएर घर गएका छन् । शुक्रबारदेखि म्याग्दीमा सक्रिय कोरोनाका संक्रमितको संख्या शुन्य छ । समुदाय स्तरमा अहिलेसम्म कोरोना भेटिएको छैन् । विदेशबाट आएकालाई क्वारेन्टिनमा राखेर पिसिआर परिक्षण गरेर घर पठाउने ब्यवस्था गरिदै आएको छ । अब जोखिमयुक्त जिल्लाबाट आउनेलाई पनि क्वारेन्टिनमा राख्न तयारी भएको छ ।

Leave a Reply

Scroll to Top
%d bloggers like this: