कल्लेनी र बिमका पहिरो पिडितलाई सहयोग

बेनी, ३१ साउन । म्याग्दीको धवलागिरी गाउपालिका–६ कल्लेनी र मालिका गाउपालिका–७ बिमका पहिरो पिडितलाई सहयोग प्राप्त भएको छ ।

कल्लेनी घर भई हाल बुटवलमा बस्नुहुने दिपक पुनको पहलमा चारपाला युवा समूह तामनगर बुटवलले ८१ हजार ६८५ रुपैयाँ जुटाएर पठाएको थियो ।

सो मध्य कल्लेनीका मृतक दुई परिवारका आफन्तलाई दश÷दश हजार प्रदान गरिएको छ । घर पूर्ण रुपमा क्षति भएका चार परिवारलाई पाँच÷पाँच र आंशिक क्षति भएका एक परिवारलाई दुई हजार पाँच सय रुपैयाँ उपलब्ध गराइएको छ ।

३९ हजार १८५ रुपैयाँ बराबरको खाद्यान्न खरिद गरेर शिवाङको हेम माविको भवनमा बसेका कल्लेनीका २८ परिवार विस्थापितका लागि उपलब्ध गराइएको समन्वयकर्ता डिके चोचाङ्गी पुनले बताउनुभयो ।

यसैगरी मगर टिकटक फोटोग्यालरी फुसबुक ग्रुपले २६ हजार रुपैयाँ पठाएको थियो । जसबाट १० हजार रुपैयाँ बिमका पहिरो पिडितको कोषमा वडा अध्यक्ष रेशम जुग्जालीलाई समन्वयकर्ता पुनले हस्तान्तरण गर्नुभएको छ ।

कल्लेनीका विस्थापित सबैलाई १० हजार रुपैयाँ बराबरको खाद्यान्न र कल्लेनीको पहिरोमा वेपत्ता सबिन पुनका बुवालाई छ हजार रुपैयाँ उपलब्ध गराएको पुनले बताउनुभयो ।

Leave a Reply

Scroll to Top
%d bloggers like this: