बेनी बजारको पार्किङलाई ब्यवस्थित बनाउन पहल

बेनी, २५ साउन । म्याग्दीको सदरमुकाम बेनी बजारको पार्किङलाई ब्यवस्थित बनाउन थालिएको छ । बेनी नगरपालिकाको सहयोगमा जिल्ला प्रहरी र ट्राफिक कार्यालयले पार्किङ स्थल छनौट गरेका छन् ।

जथाभावी पार्किङका कारण बजारभित्र सवारी आवत जावत प्रभावित, पैदलयात्रुलाई असहज र दुर्घटनाको जोखिम भएकाले ब्यवस्थित बनाउने पहल गरेको प्रहरी नायव उपरिक्षक किरनजंग कुँवरले बताउनुभयो ।

बजारका विभिन्न १५ वटा ठाउँमा पार्किङ स्थल छनौट गरिएको छ । तोकिएको स्थानमा सवारी पार्किङ गर्नुपर्नेछ । तोकिएको बाहेकका स्थानमा पार्किङ गरे कारबाही हुनेछ । फराकिलो र भिडभाड नहुने ठाउँलाई पार्किङका लागि छनौट गरिएको छ ।

सडकको दायाँ र बायाँतर्फ एक÷एक हप्ता आलोपालो गरेर पार्किङ गर्ने ठाउँ बनाइएको छ । १५÷१५ वटा पार्किङ र नो पार्किङ लेखिएको बोर्ड छनौट गरिएको ठाउँमा राखिएको प्रनाउ कुँवरले बताउनुभयो ।

बेनी नगरपालिकाले बोर्ड उपलब्ध गराएको छ । नगरपालिका, वडा कार्यालय र टोल सुधार समितिसँग समन्वय गरेर पार्किङलाई ब्यवस्थित बनाउन लागिएको प्रनाउ कुँवरले बताउनुभयो ।
बेनी नगरपालिकाका प्रमुख हरिकुमार श्रेष्ठ, प्रमुख प्रशासकीय अधिकृत छवीलाल सुवेदी, वडा अध्यक्ष राजेन्द्र श्रेष्ठको उपस्थितिमा सुरक्षा अधिकारीहरुले बोर्ड राखेका थिए । जथाभावी पार्किङ, सडक अतिक्रमण गरेर सामान राख्ने, सडकमा निर्माण सामग्री थुपार्ने गरिदा बेनी बजार भित्रै जाम हुने गर्छ ।

Leave a Reply

Scroll to Top
%d bloggers like this: