जन्मभूमिको पिडामा मह्लम लगाउदै टच मराङ जापान

बेनी, २६ साउन । रोजगारी, अध्ययन र विभिन्न पेशा ब्यवसायको शिलशिलामा जापानमा पुगेका धवलागिरी गाउपालिका–६ मराङका बासिन्दाहरु टच मराङ मार्फत जन्मभूमिमा परेको पिडामा मह्लम लगाउन जुटेका छन् ।

असार २६ गतेको पहिरोका कारण ठूलो जनधनको क्षति ब्यहोरेको मरांगमा पहिरो पिडितहरुको पुनस्थापनाका लागि स्वदेश तथा विदेशमा सहयोग जुटाउन विभिन्न संघ संस्था मार्फत अभियान सञ्चालन भएको छ ।

सोही क्रममा मराङगबाट जापान गएर कर्म गरिरहेका मरागबासीहरुको संस्था टच मरांग जापान म्याग्दीले आइतबार टोकियोमा दिवंगतको स्मृतिमा श्रद्धाञ्जली कार्यक्रमको आयोजना गरेको छ ।
सो कार्यक्रममा पहिरोमा परि ज्यान गुमाएकाहरुप्रति चिरशान्तिको कामना गर्दै श्रद्धाञ्जली ब्यक्त गर्नुका साथै हालसम्म सञ्चालित सहयोग संकलन अभियानको उपलब्धिको बारेमा जानकारी र समिक्षा गरिएको थियो ।

अभियानका संयोजक ओमप्रकाश केसीले हालसम्म टच मराङ जापानले करिब २१ लाख रुपैयाँ संकलन गरिसकेको र यसअघि ५० हजार रुपैयाँ पठाइसकेको जानकारी दिनुभयो । उक्त रकमलाई सरोकारवाला सबैसँग समन्वय गरि पहिरोबाट घरबास गुमाएका र जोखिममा परेकाहरुको पुनस्थापनामा परिचालन गर्न सहयोग गरिने बताउनुभयो ।

सहयोग जुटाउन केसीको संयोजकत्वमा बिष्णु बानिया (महिला संयोजक), बिशाल केसी –कानागावा संयोजक), लिल केसी (इवाराकी संयोजक), टेकबहादुर पुन (ओसाका संयोजक), निशानी सुनार (फुकुओका संयोजक), खम्बर पुन (साइतामा संयोजक), अनिश मगर (नायोगा संयोजक) र तारा पुर्जा महिला उपसंयोजक रहेको कार्यदल गठन भएको छ ।

बिण्णु बानियाको अध्यक्षतामा भएको कार्यक्रममा टच मराग जापानका अध्यक्ष बिशाल केसी, सदस्यहरु लिल केसी, दिपक सुवेदी, हरि गर्बुजा, बिम समाजका ढकप्रसाद जुग्जाली लगायतले मरांग र बिम लगायतका ठाउँमा पहिरोले पु¥याएको क्षतिले मर्माहत बनाएको बताउनुभएको थियो ।

आमा र भाई गुमाएकी रेखा केसीले अप्रत्याशित घटनाले पुराएको चोटमा विदेशमा भएपनि गाउलेहरुको साथ, सहयोग र सहानुभूतिले आफूलाई सम्हालिन मद्दत पुगेको बताउनुभयो । प्रमुख अतिथि नेपाल पत्रकार महासंघ जापान शाखाका संस्थापक अध्यक्ष तिलक मल्लले शोकलाई शक्तिमा बदल्नुपर्ने बताउनुभयो ।

श्रद्धाञ्जली सभाको टच मरागका सदस्य दिल गर्बुजाले सञ्चालन गर्नुभएको थियो । असार २६ गतेको पहिरोले मराङ, बिम, ठाडाखानी र दानाको काभ्रेमा ३१ जनाको मृत्यु तथा पाँच जना वेपत्ता भएका थिए ।

Leave a Reply

Scroll to Top
%d bloggers like this: