अर्मनका ढकाल काँग्रेस प्रवेश

बेनी, २५ साउन । म्याग्दीको मंगला गाउपालिका–५ अर्मनका तत्कालीन गाविस उपाध्यक्ष बलभद्र ढकाल आइतबार नेपाली काग्रेसमा प्रवेश गरेका छन् ।

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) सम्बद्ध होटल तथा वैदेशिक रोजगार ब्यवसायी ढकाललाई बुढानिलकण्ठ स्थित निवासमा काँग्रेस प्रवेश गराउनुभएको हो ।

प्रगतिशील वैदेशिक रोजगार व्यवसायी संघका उपाध्यक्ष ढकाल, राप्रपा सम्बद्ध भकिम्लीका बैदेशिक रोजगार ब्याबसायी भिम रोका, ट्रक ब्यवसायी महासंघका अध्यक्ष राजेन्द्र श्रेष्ठ र इञ्जिनियर करिश्मा खत्री काँग्रेसमा प्रवेश गरेका हुन् ।

उनिहरुको आगमनले नेपाली कांग्रेस अझै शसक्त भएर लाग्ने काँग्रेस म्याग्दीका सभापति खम्बीर गर्वुजाले बताउनुभयो । काँग्रेस प्रवेश गरेका ढकालले नेकपाका नेताहरुको भनाई र ब्यवहारमा अन्तर भएको बताउनुभयो ।

पार्टी प्रवेश कार्यक्रममा नेपाली कांग्रेसका केन्द्रीय सदस्य अर्जुन जोशी, जित छन्त्याल, नेपाली कांग्रेस काठमाडौ सम्पर्क समितिका सभापति चित्र केसी, कोषाध्यक्ष ईन्द्र थापा, नेबिसंघ काठमाडौ सम्पर्क समितिका सभापति दीपेन्द्र रिजाल लगायतको उपस्थिति थियो ।

Leave a Reply

Scroll to Top
%d bloggers like this: