सामुदायिक वन दिवसको अवसरमा वृक्षारोपण

बेनी, २५ साउन । म्याग्दीमा आइतबार सामुदायिक वन दिवस २०७७ का अवसरमा वृक्षारोपण गरिएको छ ।

सामुदायिक वन उपभोक्ता महासंघ जिल्ला शाखा म्याग्दी र शान्ति मिलन सामुदायिक वन उपभोक्ता समूहको आयोजनामा हाडेभिर हुदै लभ्लिहिल जाने पदमार्गको छेउछाउमा वृक्षारोपण गरिएको हो ।

२९ वटा धुपी र १३ वटा कल्किफुलका बिरुवा रोपिएको थियो । जिल्ला समन्वय समितिका प्रमुख देवेन्द्र केसी, डिभिजन वन कार्यालय म्याग्दीका निमित्त प्रमुख सन्तोष खनाल, सामुदायिक वन उपभोक्ता महासंघका प्रदेश सहसचिव सिता गुरुङ, जिल्ला अध्यक्ष जिवन कार्की लगायतको उपस्थितिमा बिरुवा रोपिएको थियो ।

शान्तिमिलन सामुदायिक वन उपभोक्ता समूहका अध्यक्ष पहलबहादुर खत्रीको अध्यक्षता, सामुदायिक वन उपभोक्ता महासंघ म्याग्दीका सचिव तेजकुमारी पुनको सञ्चालन र उपाध्यक्ष सुन्तली खड्काको स्वागत मन्तब्यमा कार्यक्रम सम्पन्न भएको थियो ।

यस वर्षको दिवसको नारा “सम्बृद्धीका लागि सामुदायिक वन, उत्पादन र उत्पादकत्व वृद्धीमा योगदान” भन्ने रहेको छ । म्याग्दीमा ३१३ वटा सामुदायिक वन उपभोक्ता समूह छन् । सिन्धुपाल्चोकको थोकर्पाको सामुदायिक वन समूह दर्ता भएको दिन पारेर हरेक वर्ष साउन २५ गते सामुदायिक वन दिवस मनाउने गरिन्छ ।

Leave a Reply

Scroll to Top
%d bloggers like this: